उत्तर कोरियामाथि अमेरिकी कम्पनी फाइजरको प्रविधि चोर्न खोजेको आरोप | Khabarhub Khabarhub

उत्तर कोरियामाथि अमेरिकी कम्पनी फाइजरको प्रविधि चोर्न खोजेको आरोप


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उत्तर कोरियाले अमेरिकी औषधि उत्पादक फाइजरले तयार पारेको कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने प्रविधि चोरी गर्ने प्रयास गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।

दक्षिण कोरियाका अधिकारीहरुले यस्तो दाबी गरे पनि फाइजर कम्पनीबाट डाटा चोरी भएको या नभएकोबारे अझै पुष्टि नभएको बीबीसीले जनाएको छ । बीबीसीले फाइजरसँग विवरण मागेको जनाएको छ ।

उत्तर कोरियाले हालसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छैन । यद्यपि उत्तर कोरियाले अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेको खोपको २० लाख डोज लिँदैछ ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि उत्तर कोरियाले आफ्ना सबै नाका बन्द गरेको थियो भने नाकामा थप कडाइ गरेको थियो ।

माइक्रोसफ्टले फाइजरसहित अन्य नौवटा संस्थामाथि रुसी र उत्तर कोरियाली ह्याकरहरुले ह्याक गर्ने प्रयास गरेको बताएको थियो । ती ह्याकरलाई राज्यले समेत समर्थन गरेको जनाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १ : ५० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र