जन्मदिनमा पेरिस ‘इन्गेज्ड’ | Khabarhub Khabarhub

जन्मदिनमा पेरिस ‘इन्गेज्ड’


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–अमेरिकी गायिका पेरिस हिल्टनका लागि उनको ४० औं जन्मदिन विशेष बनेको छ । यो दिनको मौका पारेर उनी उद्यमी कार्टर रमसँग ‘इन्गेज्ड’ भएकी छन् ।

पेरिसले सामाजिक सञ्जालमा गत बुधबार इन्गेज्डको तस्वीर राखेकी थिइन् । उनले आफ्नो वेबसाइटमा आफ्ना लागि कार्टरको विवाह प्रस्ताव एउटा सपना सरह रहेको उल्लेख गरेकी छन् ।

हिल्टनले इन्गेज्ड अघि रमसँग समुन्द्री किनारामा प्रि–डिनर वाक गरेको उल्लेख गरेकी छन् । हिल्टनलाई रमले विवाह प्रस्ताव राख्दा उनको परिवार र निकट साथीहरुमात्र उपस्थित थिए ।

‘यी व्यक्तिबाहेक अन्य मिल्दो व्यक्ति कोही थिएनन्’, उनले वेभसाइटमा लेखेकी छन् । हिल्टनले सेतो पहिरन र क्राउनसहितको तस्बिरहरु पोस्ट गरेकी छन् । जहाँ ४० वर्षे रम सेतो सुटमा उपस्थित छन् । यो जोडी सन् २०१९ देखि डेटमा थिए ।
–एजेन्सी

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १ : १५ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन