नेपालमा पनि कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टी | Khabarhub Khabarhub

नेपालमा पनि कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टी

बेलायतबाट आएका तीन जनामा देखियो संक्रमण


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पनि कोरोना भाइरसको नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ ।

बेलायतबाट पुस पहिलो साता आएका ६ जनामध्ये तीन जनामा नयाँ प्रकारको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएकोमा त्यसमध्ये ३ जनामा नयाँ प्रकारको संक्रमण भएको पाइएको हो ।

२७ पुसमा उनीहरुको नमूना हङकङ प्रयोगशालामा पठाइएकोमा उनीहरूमा नयाँ प्रकारको कोरोना भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संक्रमित हुनेमा २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुष छन् ।

पहिलोपटक बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  २ : ०५ बजे

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई