‘पारस’ छोडेका माधव वाग्ले नयाँ फिल्मको तयारीमा | Khabarhub Khabarhub

‘पारस’ छोडेका माधव वाग्ले नयाँ फिल्मको तयारीमा


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही वर्षदेखि नेपाली फिल्म वृत्तमा ‘पारस’ निर्माण हुने र सो फिल्मलाई निर्माता माधव वाग्लेले निर्देशन गर्ने चर्चा थियो ।

माधव वाग्लेको डेब्यु निर्देशन रहने भएकाले पनि फिल्मलाई चासोका साथ हेरिएको थियो । फिल्ममा अनमोल केसीको पनि शीर्ष भूमिका रहने फाइनल भइसकेको थियो ।

सो फिल्ममा शुरुदेखि नै माधव वाग्लेले काम गर्ने भनिए पनि वाग्लेले उक्त फिल्मबाट हात झिकेका छन् । भुवन केसीले फिल्मको कथा नै तोडमोड गरेपछि आफूले हात झिकेको वाग्लेले बताएका छन् ।

खबरहबको कुराकानीमा वाग्लेले अर्को प्रोजेक्टको तयारी थालेको बताए । उनका अनुसार अब बन्ने फिल्म सामाजिक कथामा आधारित हुनेछ ।

यद्यपि फिल्मको नाम र कलाकारबारे उनले बताउन चाहेनन् । ‘कथा चित्त नबुझेपछि मैले प्रोजेक्ट नै उहाँहरुलाई जिम्मा दिएँ, नयाँ प्रोजेक्टको तयारीमा छु,’ वाग्लेले भने ।

नयाँ फिल्ममा कलाकार को को रहने भन्नेबारे अझै तय नभएको बुझिएको छ । निर्माता वाग्लेले पत्रकार सम्मेलन गरेर फिल्मको घोषणा गर्ने तयारी थालेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १० : ५१ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण