पाँच न्यायाधीश पनि अब इजलासमा नबस्ने | Khabarhub Khabarhub

पाँच न्यायाधीश पनि अब इजलासमा नबस्ने


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरेका मध्ये इजलासमा फर्किएका ५ जना न्यायाधीशहरु अब भने राजीनामा नआएसम्म इजलासमा नबस्ने भएका छन् ।

सर्वोच्च अदालतका ५ जना न्यायाधीश मंगलबार र बुधबार इजलासमा बसेका थिए । उनीहरुसँग बुधबार नेपाल बार एशोसिएशनले गरेको छलफलपछि उनीहरु पनि अब इजलासमा नबस्ने निष्कर्षमा पुगेका हुन् । सबै खाले मुद्दा नहर्ने निष्कर्षमा आफूहरु पुगेको एक न्यायाधीशले बताए । उनका अनुसार बारले बुधबार बोलाएको छलफलमा सबै न्यायाधीशहरुले आ–आफ्नो धारणा राखेका छन् ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी, कुमार रेग्मी र कुमार चुडाल इजलासमा नबस्ने भएका हुन् । बाँकी न्यायाधीशहरुले भने सुरुदेखि नै इजलास बहिस्कार गरिरहेका छन् ।

अन्य न्यायाधीश र बारको बिचारभन्दा आफूहरुको विचार फरक रहेको पाँचमध्येका एक न्यायाधीशले बताए । उनले भने, ‘यो कुरा बार र अन्य न्यायाधीशहरुले पनि बुझिसकेका छन् । हामीहरुले बारलाई आफ्नो आन्दोलन सफल पार्न जे गर्नुहुन्छ गर्नुहोस् भनेका छौँ ।’

छलफलमा बारका पदाधिकारीहरुले प्रधानन्यायाधीशको राजीनामा नै बटमलाईन रहेको बताएको र त्यसमा आफूहरुले १राजीनामा गराउनुहोस्, महाअभियोग लगाउनुहोस् वा कुर्सीबाट निकाल्नुहोस्’ भनेर आफूहरुले शुभकामना दिएको उनको भनाइ छ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : ५९ बजे

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी