जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो | Khabarhub Khabarhub

जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी धान उत्पादन हुँदै आएको छ । धान पाकिसकेपछि किसानलाई यतिबेला धान काट्न भ्याइनभ्याइ भएको किसान सन्देश कठायतले बताए ।

उनले भने, ‘यहाँका किसानले लगाएकोे प्रायःसबै खेतको धान एकैपटक पाक्छ । जुम्लामा घटस्थापनाका दिन मार्सी धानको नगी खाने चलन छ । त्यो दिन धान काट्नको लागि उपयुक्त दिनसमेत मानिन्छ ।’

गत वर्षभन्दा यसवर्ष धान उत्पादनमा कमि आएको छ । धेरै पानी परेका कारण यसवर्ष धान उत्पादनमा कमि आएको किसानको अनुमान छ ।

जुम्लाका किसानले दसैँ सकिन नपाउँदै मार्सी धान काट्ने थालेका छन् । दुई हजार नौ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताए ।

उनका अनुसार एक हजार ४०० हेक्टरमा काली मार्सी र खैरो मार्सी धान खेती हुने गरेको छ । बाँकी एक हजार ५०० हेक्टरमा उन्नत जातको धानखेती हुने गरेको छ ।

जुम्लामा मात्रै पाइने काली मार्सी यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ । राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुग्ने गरेको यहाँका जेष्ठ नागरिकहरुको भनाइ छ । अहिले पनि जुम्लाी मार्सी चामलको चर्चा चलेकै छ ।

त्यस्तै करिब सात सय वर्षअघि जुम्लीहरूका देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएर लाछुज्युलाको गुरुफोक्टोमा धान खेतीको सुरुवात गरेको विश्वास गरिन्छ । जुम्ली मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् ।

त्यसैले जुम्ला लगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङ्गको हुने गरेको कृषि विकास कार्यालयका प्रमुख देवकोटाकाले बताए ।

उनले खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भनिने बताए । उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले सहरमा यसको माग पनि बढी नै हुने गरेको छ । यो चामलको माग सहरबाट बर्सेनि बढेर आएको छ । जुम्लामा मार्सी चामलको मूल्य प्रतिकिलो एक सय ८० रुपैयाँसम्म पर्ने गरेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ९ : २० बजे

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा