कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा छ : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा छ : स्वास्थ्य मन्त्रालय


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही असोज १८ गतेदेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा ७, ८ र ९ मा फैलिएको झाडापखाला नियन्त्रणमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले दाबी गरेको छ ।

मन्त्राललयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी झाडापखालाको हालको अवस्थाबारे जानकारी दिएका छन् । उनले स्थानीय, प्रदेश र संघीय सरकार तथा विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुको समन्वयमा रोग नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म झाडापखाला तथा तथा बान्ताका कारण ८८५ जना संक्रमित भएका छन् । जिल्लाको शिवराज अस्पतालमा २५ जना झाडापखालाका विरामी उपचाररत् रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ८१९ जना निको भएका छन् ।
हालसम्म झाडापखालाबाट ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीया बालिकाको निजी क्लिनिकमा र ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पताल ल्याउँदै गर्दा मृत्यु मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुनाहरु लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ५५ वर्षीय पुरुष, ७२ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष र ५ वर्षीया बालिकाको दिसाको नमुनामा भाइब्रियो कोलेरा ०१ ओगावा भाइरस देखा परेको छ ।

खानेपानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ५ : ०० बजे

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने