कांग्रेस क्रियाशील सदस्यता विवाद भोलिसम्म टुङ्ग्याउने सहमति | Khabarhub Khabarhub

कांग्रेस क्रियाशील सदस्यता विवाद भोलिसम्म टुङ्ग्याउने सहमति


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता शनिबार दिउँसोसम्म टुङ्ग्याउने सहमति भएको छ । शुक्रबार भएको शीर्ष नेताहरुको बैठकले सार्वजनिक हुन बाँकी रहेका १२ जिल्लाको क्रियाशील सदस्यता शनिबार दिउँसो १ बजेसम्म टुङ्ग्याएर निर्वाचन समितिलाई सार्वजनिक गर्न दिने सहमति भएको एक नेताले जानकारी दिए ।

उनका अनुसार कृष्ण सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिको बैठक बसेर क्रियाशील विवाद समाधान गर्ने सहमति भएको छ । यही असोज ५ गते वडा अधिवेशन हुन बाँकी रहेका २० जिल्लाको वडा अधिवेशन गर्ने कार्यतालिका छ ।

तर, हालसम्म २० मध्ये ८ जिल्लाकोमात्र क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ । अझै १२ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन नसक्दा ती जिल्लाहरुमा केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि खटाउन सकेको छैन ।

प्रदेश नम्बर २ का सबै जिल्ला र अन्य प्रदेशका केही जिल्लाहरुको वडा अधिवेशन असोज ५ गते गर्ने कार्यतालिका छ ।

उता सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भदौ २५ गते भएको अधिवेशनबारे भने शुक्रबारको बैठकमा खासै छलफल नभएको एक नेताले जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले २५ गतेको सो वडा अधिवेशन अस्वीकार्य रहेको बताएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : ०० बजे

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य

काठमाडौंमा थप दुई हजार मेगावाट विद्युत आपूर्ति गर्ने प्रसारणलाइन र सबस्टेशन आज उद्घाटन गरिँदै

काठमाडौं – काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना