खेल सुरु हुनुभन्दा केही मिनेट न्यूजिल्याण्डले रद्द गर्‍यो पाकिस्तानसँगको सिरिज | Khabarhub Khabarhub

खेल सुरु हुनुभन्दा केही मिनेट न्यूजिल्याण्डले रद्द गर्‍यो पाकिस्तानसँगको सिरिज


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान र न्यूजिल्याण्डबीच एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेल सुरु हुनुभन्दा केही मिनेट पहिला न्यूजिल्याण्डले एकतर्फी रुपमा सिरिज स्थगित गरेको हो । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले सिरिज स्थगित भएको पुष्टि गरेको छ ।

सिरिजको पहिलो खेल शुक्रबार हुँदै थियो । न्यूजिल्याण्डको क्रकेट बोर्डले सुरक्षा कारण देखाउँदै सिरिज स्थगित गरेको हो । १८ वर्षपछि न्यूजिल्याण्डको टिम पाकिस्तान भ्रमणमा गएको थियो । तर, खेल नखेली फर्किने भएको छ ।

पीसीबीले सुरक्षाको व्यवस्था राम्रो गरिए पनि न्यूजिल्याण्डले एकतर्फी रुपमा खेल रद्द गरेको जनाएको छ । उता न्यूजिल्याण्ड क्रिकेट बोर्डले आफूहरुलाई खेल स्थगित गर्न सुझवा आएको भन्दै स्थगित एकमात्र विकल्प भएको बताएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : २१ बजे

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब 

गण्डकीमा खगराजलाई कसरी जुट्छ विश्वासको मत? संविधानविदबीच मतान्तर

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म

सप्तरीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने

राजविराज– सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा अग्निपीडितका लागि खानेपानी र