ट्रक दुर्घटनाका मृतकको पहिचान खुल्यो | Khabarhub Khabarhub

ट्रक दुर्घटनाका मृतकको पहिचान खुल्यो


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिका–१ मुसेखोलास्थित बुल्दी खोलामा ट्रक खसेर मृत्यु भएका चालकको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु हुने पोखरा महानगरपालिका–१९ का २८ वर्षीय अर्जुन गौतम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । गौतमको ट्रकले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक शुक्रबार विहान साढे १२ बजे पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा खसरे दुर्घटना भएको थियो ।

ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय बालक राजकुमार विक घाइते छन् । उनको रत्नहरि अस्पताल दमौलीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १२ : ४४ बजे

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ