विश्वकर्मा पूजाको धार्मिक महिमा के छ ? | Khabarhub Khabarhub

विश्वकर्मा पूजाको धार्मिक महिमा के छ ?


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरेर मनाइँदै छ । मेसिन तथा फलामे उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसँग विश्वकर्मा पूजा गर्दछन् ।

प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान विश्वकर्माको पूजा गर्ने परम्परा छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा पनि मनाइन्छ ।

हिन्दु संस्कृति अन्तर्गत शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्व दर्शाइएको छ ।

एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी परापूर्वकालबाटै पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रका ज्ञाताहरु बताउँछन् ।

भगवान विश्वकर्मा सम्झनामा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ ।

आज सवारीसाधन, मेसिन, कल पाटपुर्जा तथा धातुका उपकरणको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ ।

विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : १५ बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको