संसद् छलेर अध्यादेश ल्याउनु संविधानमाथिको जालसाजी हो : संविधानविद् आचार्य | Khabarhub Khabarhub

संसद् छलेर अध्यादेश ल्याउनु संविधानमाथिको जालसाजी हो : संविधानविद् आचार्य


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानविद् डा. भीमार्जुन आचार्यले संसद् छलेर अध्यादेश ल्याउनु संविधानमाथिको जालसाजी भएको टिप्पणी गरेका छन् ।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयप्रति  सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै उनले उक्त टिप्पणी गरेका हुन् ।

‘हिजो त्यही काम ओली सरकारले गर्दा गलत आज देउवा सरकारले गर्दा ठीक भन्ने हुँदैन । असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन,’ संधिानविद् आचार्यले भने,’अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथि कै जालसाजी काम हो।’

यसअघि ओली नेतृत्वको सरकारले सोही अध्यादेश ल्याउँदा चौतर्फी विरोध भएपछि फिर्ता गरिएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ८ : २८ बजे

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)