मानव अधिकार आयोगले भन्यो : अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्नू | Khabarhub Khabarhub

मानव अधिकार आयोगले भन्यो : अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्नू


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अफगानिस्तानमा जोखिममा रहेका नेपालीको कूटनीतिक पहलमार्फत तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएका छन्।

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका सम्बन्धमा सरकारले गरेका प्रयासको बारेमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीसँग आज आयोगमा गरिएको छलफलका क्रममा उनले सरकारलाई उक्त निर्देशन दिएका हुन् ।

अध्यक्ष मगरले जुनसुकै हैसियतमा अफगानिस्तान पुगेका भए पनि जोखिममा रहेका सबै नेपालीको उद्धार गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

छलफलमा सचिव पौडेल र विभागका महानिर्देशक दवाडीले सरकारले उद्धारका लागि कूटनीतिक पहल जारी राखेको, अफगानिस्तानस्थित विदेशी कूटनीतिक नियोगमा कार्यरत केही नेपालीको उद्धार भई सुरक्षित स्थानमा पु¥याइ सकिएको र बाँकीलाई सुरक्षितरुपमा नेपाल ल्याउन प्रयास भइरहेको जानकारी गराए ।

आयोगले अफगानिस्तानमा रहेका नेपालीको तथ्याङ्क र वास्तविक अवस्था पत्ता लगाई शीघ्र र सुरक्षितरुपमा स्वदेश फर्कने वातावरण मिलाउनका लागि थप प्रभावकारी कूटनीतिक पहल गर्न तथा जोखिमपूर्ण अवस्थामा रहेकाको जीवन रक्षा गरी मानव अधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अफगानिस्तानमा हालै देखिएको राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिमा त्यहाँ रहेका नेपालीको जीवन जोखिममा पर्न सक्ने भएकाले तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरिएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, “विशेष गरी श्रम स्वीकृति नलिई अन्य मुलुक हुँदै अफगानिस्तान पुगेका र भिसा अवधि समाप्त भएका नेपाली जोखिममा परेका र बेरोजगार अवस्थामा रहेकाले खान, बस्न समस्या भोगिरहेको जानकारी आयोगलाई प्राप्त भएको छ ।”

हाल अफगानिस्तानका लागि श्रम स्वीकृति रोकिएको र अन्य मुलुक हुँदै पनि नेपाली अफगानिस्तान प्रवेश गर्ने हुँदा पनि अफगानिस्तानमा रहेका नेपालीको यकिन तथ्याङ्क सरकारसँग नभएको पाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ७ : २८ बजे

गृहमन्त्री लामिछानेको तर्क- मविरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध

दाताको फेबरमा सरकारले ल्यायो पाँच वर्षे ‘लगानी व्यवस्थापन कार्ययोजना’

काठमाडौं – सरकारले लगानी प्रभावकारिता बढाउने भन्दै दातालाई सजिलो हुने

वर्षाले घटायो डढेलो, थप तीन दिनसम्म वर्षा हुने

काठमाडौं– लामो समयपछि सोमबारदेखि सुरु भएको वर्षासँगै देशका विभिन्न स्थानमा

अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि 

काठमाडौं– मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा बढेको

सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो