शुरू भयो रेडियो क्यान्डिडको नियमित प्रसारण | Khabarhub Khabarhub

शुरू भयो रेडियो क्यान्डिडको नियमित प्रसारण


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारण आज, भदौ १ गते, शुरू भएको छ ।

पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिड काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा चौबीसै घण्टा प्रसारण हुनेछ । रेडियो आज बिहान ६ बजे समाचार प्रसारणबाट शुरू भएको हो ।

समाचार प्रस्तोताहरू रेडियोको समाचार कक्षमा काम गर्दै ।

रेडियो क्यान्डिड स्थानीय रेडियोहरूसँगको सहकार्यमा र आफ्नो प्राविधिक पक्षमा विस्तार गर्दै निकट भविष्यमा देशभर प्रसारण गर्ने लक्ष्य रहेको छ ।

रेडियो क्यान्डिडको प्रसारण सेवा यसको आधिकारिक फेसबुक पेज, ट्वीटर, सबैभन्दा बढी डाउलोड हुने एप ‘हाम्रो पात्रो’, खबरहब एप र रेडियो क्यान्डिडको आधिकारिक वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु.रेडियोक्यान्डिड.कम मा पनि उपलब्ध छ ।

रेडियो क्यान्डिडको नियमित प्रसारण शुरू भएको अवसरमा पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले श्रोता, विज्ञापनदाता, शुभेच्छुक तथा परामर्शदाताहरू सबैमा आभार प्रकट गरेका छन् ।

रेकर्डिङ स्टुडियोमा काम गर्दै रेडियो क्यान्डिड सहकर्मी

उनले भने, ‘आफ्ना मौलिक कार्यक्रम र दृष्टिकोणका साथ ‘रेडियो क्यान्डिडले चाँडै एउटा नयाँ उचाइ लिनेछ ।’

रेडियो क्यान्डिड ९२.७ मेगाहर्जले हाल समाचार बुलेटिनहरू प्रसारण गर्दै चाँडै अन्य कार्यक्रमहरू नियमित गर्नेछ ।

रेडियोले सूचनामूलक कार्यक्रम, अन्तर्वार्ता, समाजिक–आर्थिक ममला, समसामयिक विषय, खेल, प्रविधि र मनोरञ्जन लगायत अन्य विषयहरू समेट्नेछ ।

रेडियो क्यान्डिडले सरोकारवालाहरूसँग संवादको रिक्तता पूरा गर्न एउटा सशक्त मञ्चका रूपमा काम गर्नेछ ।

रेडियोले बिहान ६ बजे, १० बजे, अपराह्न १ बजे, ४ बजे, साँझ ७ बजे र राति ९ बजे आधा घण्टाको मुख्य समाचार बुलेटिन प्रसारण गर्नेछ । साथै प्रत्येक घण्टा संक्षिप्त ‘क्यान्डिड समाचार’ प्रसारण गर्नेछ ।

क्यान्डिड बहसमा क्यान्डिड टक, ह्याव अ नाइस डे, भ्वाइस अफ युथ, इकोनमिक टक, क्यान्डिड फटाफट समावेश हुनेछन् । साथै विदेशी व्यक्तित्व र विशेषज्ञ पनि साताको एक दिन प्रस्तुत गरिनेछन् ।

रेडियोका प्राविधक काम गर्दै

रेडियो क्यान्डिडले ख्यातिप्राप्त केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य गर्ने तयारी पनि गरेको छ ।

‘भ्वाइस अफ युथ एफएम’ नामले सन् २०१५ देखि प्रसारण भइरहेको रेडियो नयाँ व्यवस्थापनमार्फत ‘रेडियो क्यान्डिड’ नामले प्रसारण शुरू भएको हो ।

लीला भ्वइस प्रालिको स्वामित्वमा रहेको ‘भ्वइस अफ युथ एफएम’ सन् २०१५ मार्च १७ मा स्थापित भई कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता थियो ।

यसले सन् २०१५ अप्रिल २ मा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट रेडियो प्रसारणको लाइसेन्स पाएको थियो ।

रेडियो क्यान्डिड हाल काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा मात्रै सुनिने भए पनि चाँडै देशभर पुर्‍याउने लक्ष्य छ ।

प्रसारण शुरू हुनुअघि रेडियो क्यान्डिडको बिहानी सत्रमा कार्यरत पत्रकार र प्राविधिकहरू पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठ (बीच) का साथ

रेडियो क्यान्डिडले सिर्जशीलता, खोज, दिगोपन र उत्कृष्टताका लागि नमुनारूपमा काम गर्नेछ ।

रेडियो क्यान्डिड ९२.७ मेगाहर्ज स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा प्रत्येक दिन प्रसारण हुने रेडियो स्टेसन हो ।

नेपालको द्रुतगामी स्टेसनका रुपमा रेडियो क्यान्निडले जनजीवनका सबै क्षेत्रका लागि सूचना, सङ्गीत र मनोरञ्जनका लागि काम गर्नेछ ।

रेडियो क्यान्डिडबाट प्रसारण हुने समाचारको तालिका ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  २ : १७ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज