आइतबार बस्ने प्रतिनिधिसभा बैठकको यस्तो छ सम्भावित कार्यसूची | Khabarhub Khabarhub

आइतबार बस्ने प्रतिनिधिसभा बैठकको यस्तो छ सम्भावित कार्यसूची


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक भोलि (आइतबार) बस्दैछ ।

आइतबार अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव डा भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यक्रम अनुसार आइतबार हुने संसदको आठौँ अधिवेशनमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।

सम्भावित कार्यसूचीअनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम रहेको छ । यसैगरी निधन भएका पूर्व सांसद एवं संविधान सभा सदस्यहरूप्रति शोक प्रस्ताव पारित गरिने कार्यसूची छ ।

यस्तो छ सम्भावित कार्यसूची

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : ०७ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ