‘मेरी बास्सै’की ‘चम्सुरी’ अस्पताल भर्ना | Khabarhub Khabarhub

‘मेरी बास्सै’की ‘चम्सुरी’ अस्पताल भर्ना


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मृगौलामा देखिएको स्वास्थ्य समस्याका कारण अभिनेत्री पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’का रुपमा अभिनय गरेर लोकप्रियता कमाएकी पल्पसा केही दिनअघिमात्र महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् ।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाका अनुसार केही समय अघि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी पल्पसाको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । ‘केही समयदेखि उहाँले डायोलोसिस गरे पनि अहिले भने डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन्’, दीपाश्रीले भनिन् ।

विगत १३ वर्षदेखि ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी पल्पसाले अन्य टेलिफिल्म, फिल्म तथा म्यूजिक भिडियोसमेत अभिनय गरिसकेकी छन् । उनी टेलिफिल्म ‘दृष्टि’की निर्देशकसमेत हुन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : ५५ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)