जसपाका चार संसद ठाकुर समूह छाडेर यादव समूहमा | Khabarhub Khabarhub

जसपाका चार संसद ठाकुर समूह छाडेर यादव समूहमा


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षका चार सांसदले कित्ता परिवर्तन गरेका छन् ।

ठाकुर पक्षमा रहेका चार सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् । पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दल (यादव पक्षमात्रै सहभागी) को बैठकमा ठाकुर पक्षका सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् ।

सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै उनीहरू अध्यक्ष यादव पक्षमा लागेका हुन् ।

यसअघि पार्टी कार्यालयमा शुक्रबार भएको छलफलमा चारै जना अनुपस्थित भएको ठाकुर पक्षका नेताहरूले बताएका छन्।

यससँगै ३२ सदस्यीय संसदीय दलमा दुवै पक्षको १६-१६ भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ५ : ४५ बजे

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा