जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले कञ्चनपुरमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–९का विष्णु राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रानालाई शुक्रबार घरनजिकै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

रानाविरुद्ध जिल्ला अदालत कञ्चनपुरले २०७७ मंसिर २४ गते १ वर्ष कैद र एक लाख जरिवानाको सजाय सुनाएको थियो। त्यसपश्चात् उनी फरार थिए।

अहिले उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ३ : १९ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११