ओठका कारण आयशा आलोचित | Khabarhub Khabarhub

ओठका कारण आयशा आलोचित


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री आयशा टाकिया कैयौं पटक फेसियल सर्जरीका कारण ट्रोलिङको शिकार बनेकी छन् । गत वर्ष जब उनको तस्वीर सामाजिक सञ्जालमा आयो, प्रयोगकर्ताले उनलाई मजाकको पात्र बनाउदै खिल्ली उडाए ।

यसपटक पनि आयशाका लागि यस्तै भएको छ । उनले इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छन् । जुन भिडियोमा उनको अनुहार निकै फरक देखिएको छ । उनको यो भिडियोमा प्रयोगकर्ताले मनलाग्दो कमेन्ट गरेका छन् ।

भिडियोमा आयशाको ओठ निकै मोटो देखिएको छ । आयशाले फिल्म उद्योगमा पाइला चाल्दा उनको अनुहार यसअघि यस्तो देखिएको थिएन । उनका फ्यानले आयशाले आफ्नो अनुहार बिगारेको उल्लेख गरेका छन् ।

यसअघि आयशाले आफू कैयौंपटक ट्रोलिङको शिकार भएको स्वीकारेकी थिइन् । ‘मैले यस्ता ट्रोलिङ कैयौंपटक झेलेकी छु । मानिसहरु कार्यालय र निजी जीवनमा ट्रोलिङको शिकार हुन्छन् र म यो मामलामा अपवाद छैन । म यो बारेमा मानिसहरुलाई जारुक बनाउन चाहन्छु । हरेक मानिस फरक हुन्छन् र उनीहरुमा केही विशेषता हुन्छन्’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १ : ०५ बजे

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी