घोराहीबाट जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ | Khabarhub Khabarhub

घोराहीबाट जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- घोराही उपमहानगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले एक लाखभन्दा बढी रकमसहित १० जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा, २२ वर्षीय निमबहादुर रोका, २६ वर्षीय त्रिपन बुढा, ३३ वर्षीय ढोका घर्ती, ४० वर्षीय तेजलाल पुन र  ६८ वर्षीय गनबहादुर घर्ती छन्।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द रिजालका अनुसार घोराही १३ डुमरगाउँस्थित गनबहादुर घर्तीको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट १ लाख २२ हजार ५ सय १० रुपैंया नगद र ६ गड्डी तास बरामद गरेको छ । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : ५५ बजे

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली