ब्राउनसुगरसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

ब्राउनसुगरसहित तीन जना पक्राउ


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- ब्राउनसुगरसहित प्रहरीले कपिलवस्तु नगरपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ ।

कपिलबस्तु नगरपालिका– २ बर्दहवास्थित सडकमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १ नयाँटोल बस्ने वर्ष २७ का राकेश गुप्ता, उनकी श्रीमती प्रभावती गुप्ता र उनका भाई २२ वर्षीय बैजुकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीका अनुसार युपी ५५ बी ९४३५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने २९ ग्राम ७९० मिलिग्राम ब्राउनसुगर, नाइट्रोभेट १० ट्याबलेट, उइन स्पास्मो १ सय २४ क्याप्सुलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

अहिले घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : १० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी