पश्चिम युरोपमा भारी वर्षा, बाढीपहिरोमा १२० जनाको मृत्यु | Khabarhub Khabarhub

पश्चिम युरोपमा भारी वर्षा, बाढीपहिरोमा १२० जनाको मृत्यु


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम युरोपमा भारी वर्षापछिको बाढीपहिरोमा कम्तीमा १२० जनाको मृत्यु भएको छ । कयौँ मानिसहरु बेपत्ता भएका छन् ।

बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित भएको छ । बाढीको असर सबैभन्दा धेरै असर जर्मनीमा परेको जनाइएको छ ।

एक महिनामा पर्ने पानी २४ घण्टाभित्रै परेको त्यहाँको मौसम विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जर्मनीमा नौ घण्टामा अधिकतम २  सय ७ मिलीलिटरसम्म पानी परेको छ । मृतक अधिकांश जर्मनीका छन् ।

जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक हराइरहेका बीबीसीले जनाएको छ । जर्मन मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले अहिलेको बाढी यो शताब्दीकै ठूलो मानिएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले विपत्तिमा परेका सर्वसाधारणको उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएकी छन् ।

जलवायु परिवर्तन र बढ्दो तापक्रम  ठूलो वर्षा र बाढीको कारण रहेको विज्ञहरुले जनाएका छन् । औद्योगिक युग शुरू भएयता विश्वको तापक्रम १.२ डिग्री सेल्सियस बढिसकेकाले तापक्रम घटाउने क्रियाकलाप नगरे धेरै विनाश हुने विज्ञहरुको चेतावनी छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : ५५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय