रातभर खोलामा फसेकाहरुलाई डोजरबाट यसरी गरियो उद्धार | Khabarhub Khabarhub

रातभर खोलामा फसेकाहरुलाई डोजरबाट यसरी गरियो उद्धार


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- रोपाइँ गरेर घर फर्कने क्रममा लमजुङको मध्यनेपाल नगरपालिकास्थित खोलामा आएको बाढीमा फसेकाहरुलाई डोजरको सहायताले स–कुशल उद्धार गरिएको छ ।

नगरपालिककाका मेयर रमेश पाण्डेका अनुसार बाढीका कारण रातभर खोलामै फसेका मध्यनेपाल नगरपालिका–७ रातमाटाका ९ जना स्थानीयलाई स–कुशल उद्धार गरिएको हो ।

मंगलबार रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि रातभर खोलाको बीचमै रोकिएकका थिए । मेयर पाण्डेका अनुसार उनीहरुलाई बुधबार बिहान खोलामा डोजर लगाएर पानी कटाई त्यही डोजरको बकेटमा राखेर उद्धार गरिएको हो ।

खोलाको बीच भागमा फसेका उनीहरूको उद्धारका लागि हेलिकप्टरलाई बोलाइए पनि खराब मौसमले जान सकेको थिएन ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ८ : ३५ बजे

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने

काठमाडौं– जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने

‘पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन’

काठमाडौं– उमेरले ६१ छिचोल्दै गर्दा वरिष्ठ कलाकार एवं रंगकर्मी पुस्कर

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको