कतारमा प्रतिबन्ध खुकुलो बनाइँदै, थप १६५  जनामा संक्रमण | Khabarhub Khabarhub

कतारमा प्रतिबन्ध खुकुलो बनाइँदै, थप १६५  जनामा संक्रमण


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना संक्रमण दोस्रो लहर कम हुँदै गएपछि कतारमा लगाइएका प्रतिबन्ध केही खुकुलो बनाइने भएको छ ।

बुधबार प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीको अध्यक्षता बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो चरणमा प्रतिबन्ध थप खुकुलो बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय अनुसार शुक्रबारदेखि १२ भन्दा कम उमेरका बालबालिकालाई पनि महल तथा शुकमा प्रवेश अनुमति दिने जनाएको छ । यसैगरी शपिङ महल ५० प्रतिशत र फुट कोर्ट ३० प्रतिशत क्षमतामा खोल्न पाउने तथा विवाहमा अनुमति दिइएको व्यक्तिको संख्या बढाउन पाउने भएका छन् ।

कतारमा पछिल्लो २४ घण्टामा थप १६५ जना नयाँ संक्रमित थपिएका छन्। संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २० हजार १९८ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामै थप १९८ जना संक्रमण मुक्त भएका छन् । योसंगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख १७ हजार ५५० पुगेको भने संक्रमणबाट अहिलेसम्म ५७९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

अहिले कतारमा २ हजार ६९ वटा ‘एक्टिभ’ केस रहेका छन् भने १२९ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । तीमध्ये ७७ जनाको आईसीयूमा उपचार भैरहेको छ । यो समाचार तयार पार्दासम्म कतारमा २८ लाख ४५ हजार ५८७ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेका छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ११ : २० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र