शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै | Khabarhub Khabarhub

शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि ‘रोबो भ्यान’को निर्माण भइरहेको छ ।

नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)को आर्थिक सहयोगमा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ इन्जिनीयरिङका विद्यार्थीले उक्त भ्यान निर्माण गर्न लागेका हुन् ।

गत वर्ष कोरोना सङ्क्रमणबाट मानिसको मृत्युदर उच्च बन्दै गएपछि मानिसले नछोई शव व्यवस्थापन गर्न सकिने रोबो भ्यान निर्माण थालिएको थियो । रिमोटबाट चल्ने सो भ्यानले मृत शरीरलाई अस्पतालको शय्याबाट शव वाहनसम्म तथा शव वाहनबाट जलाउने स्थानसम्म लैजान सहयोग गर्नेछ । विशेषगरी अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न रोबो भ्यान उपयुक्त हुने जनाइएको छ ।

“गत साल नै शुरु गरिएको रोबो भ्यान थप आर्थिक अभावका कारण रोकिएको थियो, हालै मात्र भ्यान निर्माणका लागि थप रकम आएको छ, हामी निर्माण बाँकी काम शुरु गर्दैछौँ”, भ्यानका डिजाइनर अभिषेक कार्कीले भने । उनका अनुसार गत सालको कात्तिक महिनामै निर्माण सम्पन्न हुने गरी रोबो भ्यानको निर्माण थालिएको थियो । नाष्टको पहिलो किस्ता रु तीन लाख ९५ हजारबाट निर्माण थालिए पनि समयमै दोस्रो किस्ता नआउँदा भ्यान निर्माणको काम रोकिएको थियो ।

रोबो भ्यानमा डिजिटल डिभाइसमार्फत रोबोटले शव राख्ने र निकाल्ने गर्दछ । कार्कीका अनुसार भ्यानको ९० र रोबोटको ७० प्रतिशत निर्माणको काम सकिएको छ । “भ्यान र रोबोटका लागि आवश्यक रकम र सामग्री अभाव नभए अबको एक महिनामा शव व्यवस्थापनको प्रयोगमा ल्याउन सक्छौँ”, कार्कीले भने । भ्यान प्रयोगमा ल्याइएपछि अस्पतालमा शव व्यवस्थापनका लागि पठाइने जनशक्ति कटौती हुने बताइन्छ । – रासस

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ४ : १४ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको