लुम्बिनीका चार मन्त्रीको रिटमा आज सुनुवाइ हुँदै | Khabarhub Khabarhub

लुम्बिनीका चार मन्त्रीको रिटमा आज सुनुवाइ हुँदै


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने कारबाही बदरको माग राख्दै जनता समाजवादी पार्टीका नेताहरुले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो ।

जसपाका नेताहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले रिट दायर गरेका हुन् । पाण्डेय हाल लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्री, यादव भूमि व्यवस्था मन्त्री, कल्पना पाण्डे उद्योग, वन तथा वातावरण मन्त्री र रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री छन् ।

रिटमा लुम्बिनी प्रदेशसभाका सभामुख, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सहसराम यादवलाई विपक्षी बनाइएको छ ।

आफूहरुमाथि गरिएको कारबाही उत्प्रेषणको आदेशमार्फत बदर गर्न र रिटको अन्तिम टुंगो नलागेसम्म सांसद पदबाट पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १२ : ४२ बजे

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गर्‍यो : प्रदीप ज्ञवाली

बैतडी– नेकपा एमालेका उप महासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप

नेपालविरुद्ध वेस्ट इन्डिज ए का चार्ल्सको शतक

काठमाडौं- वेस्ट इन्डिज ए का जोन्सन चार्ल्सले शतक बनाएका छन्

अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाको अपिल

काबुल– अफगानिस्तानको हेरात प्रान्तका मंगलबार मस्जिदमा भएको आक्रमणमा एक महिला

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट 

ढोरपाटन– बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि