बलात्कार आरोपमा गाउँपालिका अध्यक्ष यादवविरुद्ध मुद्दा | Khabarhub Khabarhub

बलात्कार आरोपमा गाउँपालिका अध्यक्ष यादवविरुद्ध मुद्दा


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- एक बालिकालाई बलात्कार गरेको आरोपमा भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता भएको छ ।

यादवविरुद्ध जबरजस्ती करणी मुद्दा आइतबार दर्ता भएको जिल्ला अदालत सुनसरीका स्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले जानकारी दिए ।

गाउँपालिकामा जागिरको प्रलोभन दिएर सुनसरीको इटहरी उपमहानगरपालिका–४ घर भएकी १७ वर्षीया बालिकालाई धरानको एक होटलमा बलात्कार गरेको आरोपमा यादवलाई प्रहरी गत वैशाख ८ गते पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय धरानले जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गर्दै अनुसन्धान सकेपछि मुद्दा दर्ता गरेको हो ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ९ : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर