सेतो पानी बग्ने समस्याको यस्तो छ घरेलु उपचार | Khabarhub Khabarhub

सेतो पानी बग्ने समस्याको यस्तो छ घरेलु उपचार


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आफ्नो परिवारको खुसीका लागि चुपचाप कष्ट सहेर बस्ने प्रायः नेपाली महिलाहरुको स्वभाव हुन्छ ।

आफू स्वयम् पीडामा रही सदैव श्रीमान, सन्तान एवम् परिवारजनको सेवामा तत्पर रहनु, उनीहरुको खानपान, स्वास्थ्य एवं नियमित व्यायाममा ध्यान राख्नु महिलाहरुको प्राकृतिक स्वभाव जस्तै बनेको छ ।

जसका कारण महिलाहरुमा विशेषतः शारीरिक अङ्गहरुमा खराबी, रगत बग्नु, योनी रोग, स्तनरोग, मासिक धर्म रोग, गर्भपीडा आदि जस्ता रोगहरुले जन्म लिन्छन् ।

अधिकांश महिलाहरुको मानसिक एवं शारीरिक समस्याको रुपमा रहेको सेतो पानी बग्ने रोगको घरैमा पनि उपचार गर्न सकिन्छ जुन घरेलु उपचार विधि निम्नानुसार रहेको छ ।

१. अमलाको धुलो र सेतो जिराको धुलो बराबर मात्रामा मिलाई १ चम्चा धुलो बेलुका सुत्ने समयमा चिसो पानीसँग खानाले सेतो पानी बग्न छाड्छ ।

२. मुलाको रसको सेवन सेतो पानी बग्ने समस्या भएका महिलाहरुको लागि लाभदायक हुन्छ ।

३. ५० ग्राम माजुफललाई पिसेर ३ ग्रामका दरले दिनमा दुईपटक पानीसँग खानाले सेतो पानी बग्न छाड्छ ।

४. भिण्डीको सुकेको जरा १०० ग्राम, सुकेको पिडालु १० ग्राम दुवैलाई पिसेर कपडाले छान्नुहोस् । ६/६ ग्राम मिश्री मिलाई ३ हप्तासम्म नियमित खानाले सेतो पानी बग्न छाड्छ ।

५. शिवलिङ्गीको बिउको धुलो २ ग्राम, किसमिस १० ग्राम तथा भुटेको चनाको धुलो १० ग्राम मिलाई १० दिनसम्म खानाले सेतो पानी बग्ने समस्या भाग्दछ । यो औषधी बिहान खाना खानुभन्दा अगाडि लिनु जरुरी हुन्छ ।

६. १/१ वटा पाकेको केरा बिहानसाँझ घ्यूसँग २ हप्तासम्म खानाले सेतो पानी बग्ने समस्या हट्छ ।

७. बाख्राको दुधको सेवन सेतो पानी बग्ने बिरामीका लागि अत्यन्त लाभदायक मानिन्छ ।

साभारः मेरो डाक्टर पुस्तकबाट

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ५ : १२ बजे

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ