धनकुटामा चानुवामा हाइभोल्टेज प्रवाह हुँदा करेन्ट लागेर एकको मृत्यु, १५ जना घाइते | Khabarhub Khabarhub

धनकुटामा चानुवामा हाइभोल्टेज प्रवाह हुँदा करेन्ट लागेर एकको मृत्यु, १५ जना घाइते


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मोबाइल चार्ज गर्ने क्रममा हाइभोल्टेज प्रवाह हुँदा ५३ वर्षीय चन्द्रबहादुर कार्कीको करेन्ट लागेर मृत्यु भएको हो ।

हाइभोल्टेज प्रवाह हुँदा सोही गाउँका ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीय पदमबहादुर श्रेष्ठ, ९ वर्षीया सावित्रा निरौला, जिमी गाउँका ६ वर्षीय लाजिहाङ जिमी, लीलादेवी भण्डारी, सुष्मा शिवा, उदय शिवा, मोतीमाया जिमी, सम्झना लिम्बु, उमेश शिवा, सुजा जिमी, सुरेन जिमी, नेत्र श्रेष्ठ, तारा कटुवाल घाइते भएका छन् ।

जिल्ल प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीका अनुसार घाइतेमध्ये गम्भीर अवस्थाका ८ जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । उनका अनुसार ‘गाउँभर एक्कासी हाइभोल्टेज गएर धेरै क्षति पुर्‍याएको हो ।

चानुवामा दुई दिनदेखि विद्युत अवरुद्ध थियो । विद्युत प्रहाव हुनासाथ विद्युतीय सामग्री चार्ज गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

हाइभोल्टेज प्रवाह हुँदा अधिकांश घरमा मोबाइल, टिभी, बत्तीलगायतका सामग्रीमा क्षति पुगेको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : ३८ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका