वाग्मती सफाइ महाअभियान ४१४ औँ हप्तामा | Khabarhub Khabarhub

वाग्मती सफाइ महाअभियान ४१४ औँ हप्तामा


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती सफाइ महाअभियानको ४१४ औँ हप्ताको सफाइ वाग्मती र रुद्रमती नदीको दोभान क्षेत्रमा गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. ११ का जनप्रतिनिधि र स्थानीय क्लबको सक्रियतामा गरिएको सफाइबाट नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

कुहिने फोहर भने खाडल खनेर नदी किनारमा गाडिएको छ । शुक्रबार भएको वर्षाका कारण पानीले बगाएर ल्याई थुपारेको प्लाष्टिक झोला र बोत्तल व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए ।

सफाइमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडे, पूर्व मुख्य सचिव एवं वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो ।

यसैगरी संस्थागत रुपमा तीन वटै सुरक्षा निकाय, सशस्त्र प्रहरी श्रीमती सङ्घलगायतले आजको सफाइमा सहयोग गरेको जनाइएको छ ।

बाग्मतीको तिलगङ्गा खण्ड सफाइ अभियानको २९५ औँ हप्ताका अवसरमा त्यस क्षेत्रमा सफाइ गरिएको छ । महिलाको सक्रियतामा त्यस क्षेत्रमा सफाइ हुँदै आएको छ । यसैगरी गुहेश्वरीमाथिको वाग्मती, वाग्मतीको सुन्दरीघाट खण्ड, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार बिहान दुई घण्टा जारी छ । राष्टका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सफाइ महाअभियान शुरु भएको हो । वाग्मती सफाइ अभियान शुरु भएपछि यसका विभिन्न खण्डका साथै सहायक नदी पनि सफाइ अभियान शुरु भएको हो ।

उपत्यका बाहिरका मुख्य नदी, शहरी एवं सांस्कृतिक स्थलमा पनि सफाइ अभियान शुरु भएको छ । हाल देशभर गरी १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  २ : ४५ बजे

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४