भिसा विना नेपाल छिर्न खोज्ने दुई चिनियाँ पक्राउ | Khabarhub Khabarhub

भिसा विना नेपाल छिर्न खोज्ने दुई चिनियाँ पक्राउ


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- भिसाबिना नेपाल छिर्न खोज्ने दुई चिनियाँ नागरिक नेपाल-भारत दशगजा क्षेत्रबाट पक्राउ परेका छन्।

झापाको नकलबन्दा प्रवेश गर्न लागेका दुई चिनियाँ नागरिकलाई दशगजा क्षेत्रबाट भारतीय एसएसबीले शुक्रवार दिउँसो पक्राउ गरेको हो।

उनीहरूलाई नेपाल प्रवेशका लागि सहजिकरण गरेको अभियोगमा एक भारतीय नागरिक पनि एसएसबीको नियन्त्रणमा छन् ।

चेन जिफ़ा, डिङ शोउ शेंग र भारतीय नागरिक मोहम्मद हनिफलाई  एसएसबीको ८औँ बटालियनको मुख्यालय कम्पनी बदामिनीराम जोतको टोलीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरूका साथबाट दुई हजार चार सय नेपाली रुपैयाँ, एक हजार भारतीय रुपैयाँ, ९० अमेरिकन डलर र ७४ एएफ ४२८३ नम्बरको एउटा मोटरसाइकल बरामद गरेको छ।

उनीहरूलाई नक्सालवारी प्रहरीको जिम्मा लगाइएको जनाइएको छ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : १८ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार