विराट गोल्डकपको उपाधिका लागि पञ्जाव पुलिस र एपीएफ खेल्दै | Khabarhub Khabarhub

विराट गोल्डकपको उपाधिका लागि पञ्जाव पुलिस र एपीएफ खेल्दै


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- छैटौँ विराट गोल्डकपको उपाधिका लागि आज भारतको पञ्जाव पुलिस क्बल र एपीएफ क्लब भिड्दैछन् ।

बिहीबार दोस्रो सेमिफाइनल खेलमा आहा रारा गोल्डकपको च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै पञ्जाव पुलिसले एपीएफसँगको भेट पक्का गरेको हो ।

एपीएफ विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलसम्म पुगेको हो ।

विराट गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको पञ्जावले यसअघिका तीनवटा खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

आज साँझ ६ बजे शहीद रङ्गशाला विराटनगरमा हुने प्रतियोगितामा दुवै टिम नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाउने छ । उपविजेताले सात लाख ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : ३३ बजे

जुम्लाबाट हत्या अभियोगमा एक जना पक्राउ

जुम्ला– जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपुर– नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ

काठमाडौं– राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको सपथ

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट– कांग्रेस नेताहरूले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको

नेपालमा भारतीय लगानी प्रोत्साहन गर्छौँ : राजदूत श्रीवास्तव

काठमाडौं– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न