विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु | Khabarhub Khabarhub

विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर ११ करोड ९३ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ६ लाख १७ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या ११ करोड ९३ लाख ९३ हजार ८७१ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८४.९७ प्रतिशत हो ।

यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३० लाख ११ हजार ४८१ पुगेको छ  । पछिल्लो २४ घण्टामा १२ हजार ४९४ जनाको मृत्यु भएको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ७९ हजार ९४२ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ३ लाख ६९ हजार २४ जना, भारतमा १ लाख ७५ हजार ६७३ जना, रूसमा १ लाख ४ हजार ७९५ जना, बेलायतमा १ लाख २७ हजार २२५ जना, फ्रान्समा १ लाख ४०४ जना, इटालीमा १लाख १६ हजार ३६६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ लाख २८ हजार ३४० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १४ करोड ५ लाख ३ हजार २८२ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८० लाख ९७ हजार ९३० छ । यसमध्ये १ लाख ७ हजार २१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : २५ बजे

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई