त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नेदरल्यान्ड्स खेल्दै | Khabarhub Khabarhub

त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नेदरल्यान्ड्स खेल्दै


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिकोणात्मक टी-२० सिरिज आज काठमाडौँमा शुरू हुँदैछ ।

नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज डबल राउण्ड रोबिनका आधारमा हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

उद्घाटन खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल टियु क्रिकेट मैदानमा दिउँसो १:१५ बजे शुरू हुनेछ ।

नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

प्रतियोगितमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काको अभाव खड्किने भएको छ । अभ्यासका क्रममा बल क्याच गर्दा घाइते भएसँगै उनले त्रिकोणात्मक सिरिज गुमाउने भएका हुन् । पारसलाई चिकित्सकले २ देखि ३ साता आराम र थेरापी गर्न सल्लाह दिएका छन्।

क्यानले पारसको स्थानमा ब्याट्सम्यान सन्दीप जोरालाई टिममा राख्दै १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम रहेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ६ : २५ बजे

चितवनमा बाघ र गैँडा मृत फेला

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश

आयोगले सुरु गर्‍यो जसपाका जनप्रतिनिधिको सनाखत

काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा

सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै

काठमाडौं- गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, यस्तो छ कारण

काठमाडौं– सुनिता विलियम्सको अन्तरिक्षमा तेस्रो मिसन प्रक्षेपण हुनु केही घण्टा