सिन्धुलीस्थित नेता गजुरेलको निवास पुगेका प्रचण्डलाई भेट्न नेता कार्यकर्ताको भीड  | Khabarhub Khabarhub

सिन्धुलीस्थित नेता गजुरेलको निवास पुगेका प्रचण्डलाई भेट्न नेता कार्यकर्ताको भीड 


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली गएका छन् । उनी ‘रि–फ्रेस’ हुनका लागि बुधबार सिन्धुली गएको जनाइएको छ । पत्नी सीता दाहाल, प्रमुख स्वकीय सचिव जोखबहादुर महराका साथमा उनी सिन्धुली पुगेका हुन् ।

प्रचण्ड सिन्धुली पुगेपनि कुनै औपचारिक कार्यक्रम भने नभएको माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिए ।

नेता गजुरेलले आफ्नै निवासमा प्रचण्डलाई बस्ने व्यवस्था मिलाइएको समेत बताए । प्रचण्ड सिन्धुली आएको र नेता गजुरेलको निवास ढुंग्रेबासमा बास बसेको जानकारीपछि त्यहाँ स्थानीय नेता कार्यकर्ताको भेला भएका छन् ।

अध्यक्ष प्रचण्डलाई जिल्ला पार्टी अध्यक्ष राजन दाहाल लगायत नेता, कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रचण्ड भोलि बिहान सिन्धुलीको रातमाटामा ८ बजे हुने कार्यकर्ता भेटघाटमा सहभागी हुने नेकपा माओवादीका सिन्धुली अध्यक्ष राजन दाहालले जानकारी दिए ।

उनी बेला-बेलामा ‘रि-फ्रेस’ हुनका लागि कहिले सिन्धुली त, कहिले सिन्धुपाल्चोकतिर पुग्ने गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : २८ बजे

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा