प्रधानमन्त्री ओलीमा 'म नै राष्ट्र हुँ' भन्ने प्रवृत्ति छ : नेता नेपाल | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीमा ‘म नै राष्ट्र हुँ’ भन्ने प्रवृत्ति छ : नेता नेपाल


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले आयोजना गरेको भेला गुटगट नभइ अध्यक्ष केपी शर्मा ओलीबाट सिर्जित समस्या भएको बताएका छन् ।

ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा आजदेखि शुरू भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीमा ‘म नै राष्ट्र हुँ’ भन्ने प्रवृत्ति हाबी रहेको आरोप लगाएका हुन् ।

उनले अहिले पार्टी अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको बताए ।

नेता नेपालले अहिले अवस्था कसरी आयो भन्ने विषयमा कार्यकर्ता जानकार रहेको बताउँदै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताए ।

एकीकृत नेकपा विभाजन हुनु, नेकपा एमाले नै आन्तरिक रुपमा यस्तो अवस्था आउनुको एक मात्र जिम्मेवार अध्यक्ष ओली रहेको उनले दोहोर्‍याए ।

नेकपा हुदा चर्चामा रहेको ‘साइबर स्याल’ हरु अहिले एमाले भएपछि पनि रहेको भन्दै फेक समाचार फैलाएर भेला स्थगित भएको हल्ला फैलाएको आरोप उनले लगाए ।

अहिलेको लडाई पदको लागि नभएको दाबी गर्दै नेता नेपालले यो लडाई सिद्धान्त र निष्ठाको लडाई भएको बताए ।

ओलीले अध्यक्ष भएपछि गुटको काम जारी राखेको भन्दै आफुहरुले बैठक राख्न समेत निवेदन दिनुपर्ने अवस्था सिर्जना गरेको नेपालले बताए । नेता नेपालले भने, ‘तपाइँहरु पनि पीडित, हामी पनि पीडत, आज पीडित पीडित एक ठाउमा भेला भएका छौँ ।’

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  २ : ०१ बजे

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको

फिल्म निर्देशनमा प्रकाश सपूत (तस्बिरसहित)

काठमाडौं– गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।