खाना अपचको समस्या भए घरभित्रैबाट हुन्छ उपचार | Khabarhub Khabarhub

खाना अपचको समस्या भए घरभित्रैबाट हुन्छ उपचार


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाना नपच्नुलाई अपच/अजिर्ण भएको भन्ने गरिन्छ । हामी खाने खानामा प्रोटिन, भिटामिन, कार्बोहाइड्रेड, खनिज तथा चिल्लो पदार्थ आदि रहेको हुन्छ ।

त्यसलाई हाम्रो शरीरको भित्री अंग आमासय, आन्द्रा, पाकथैली र मुखमा र्यालसहित टाइलिन, ग्यास्ट्रिक जुस नामक तत्वहरु उत्पादन हुन्छ ।

जसले भोजनलाई पचाउने काम गर्छन् । तर कतिपयमा खाना नपच्ने समस्या हुन्छ । नियमित रुपमा अपचको समस्या भए कसरी घरभित्रै यसको निदान गर्ने त ?

– अदुवाको एउटा टुक्रामा कागतीको केही थोपा रस र अलिकति बिरे नुन मिसाएर खाने ।
– पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस मिसाएर ताजा अचार खाने ।
– मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा नियमिति खाने ।
– खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि बेस्कन चपाएर खाँदा पाचन राम्रो हुन्छ ।
– पाचन बलियो नहुनुमा कलेजो स्वस्थ नहुनु पनि त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुने ।
– गाजर, चुकन्दर, सागसब्जी र फलफूल खाने यसले कलेजो स्वस्थ बनाउँछ ।
– पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ ।
– यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने ।
– बढी तनाव लिदाँ पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि समस्या हुन्छ ।
– तनावले पाचनलगायत शरीरका अन्य प्रणालीमा पनि असर गर्दछ ।
– हरेक दिन घ्यूकुमारीको जुस अथवा अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : ५४ बजे

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु