परमवीर किन्न सलमानको एक करोड | Khabarhub Khabarhub

परमवीर किन्न सलमानको एक करोड


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–विश्वभरका मानिसहरु बलिउड स्टार सलमान खानका लागि फिदा हुन्छन् । तर यी अभिनेता भने ‘परमवीर’ नामको घोडाका लागि फिदा बनेका छन् ।

उनले यो घोडालाई यती धेरै मनपराएका छन् कि जुनसुकै हालतमा पनि घोडालाई आफ्नो बनाउन चाहेका छन् । तर उनको चाहनामा घोडा मालिक भिलेन बनेका छन् । यति हुँदा हुँदै पनि सलमान समझदारीको प्रयासमा छन् ।

यो समयमा भारतको पञ्जाबस्थित फरीदकोट जिल्लामा ‘हर्स ब्रीडर्स प्रतियोगिता’ सञ्चालन भइरहेको छ । यो प्रतियोगितामा भैसंडा स्टड फार्म अहदाबाद(गुजरात)बाट रञ्जीत सिंह राठौरले दुई घोडा लिएर आएका छन् । तीमध्ये एक ‘परमवीर’ एक हो ।

यो घोडाको मूल्य एक करोड रुपैंयाँ छ । सलमान यही मूल्यमा घोडा किन्न तयार छन् । सलमानको टीमले रञ्जीतलाई एक करोडको अफर गरे पनि उनले परमवीर बेच्न अस्वीकार गरेका छन् ।

परमवीर मारवाडी नस्लको कालो रंगको छ । यसको उचाइ ६५ इञ्च भन्दा बढी छ । गत वर्ष रिलायन्स ग्रुपले परमवीरको मूल्य एक करोड लगाएको थियो ।

यो घोडाको डाइटमा दैनिक औसत दुई हजार रुपैंयाँ खर्च हुन्छ । अहमदाबादबाट फरीदकोट आउनका लागि घोडालाई २६ घण्टा लागेको थियो ।
–एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : २५ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार