जङ्गी अड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालन | Khabarhub Khabarhub

जङ्गी अड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालन


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सैनिक मुख्यालय जङ्गी अड्डामा ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याइएको छ ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले आज आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गरेका हुन ।

उक्त केन्द्रबाट जङ्गीअड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमबाट अनुगमन निरीक्षण गर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

केन्द्र सञ्चालनमा आएसँगै जङ्गीअड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिनाका साथै बन्दोबस्ती तथा विपद्को अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १० : ५८ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र