प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको अध्यक्ष नेपालको आरोप | Khabarhub Khabarhub

प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको अध्यक्ष नेपालको आरोप


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट संविधान र जनमतको अपमान भएको बताएका छन् ।

बर्दियाको गुलरियामा आज आयोजित बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको आरोप लगाए ।

नेपालमा पटक-पटक विघटनको विकृति रोक्नका लागि नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था राखिएको जिकिर गरे ।

भेलामा उनले केपी शर्मा ओलीको सबै षड्यन्त्र चकनाचुर पारेरै छोड्ने दावी गरे । उनले प्रधानमन्त्री ओली सनकमा चलेको र देशले दुख पाइरहेको टिप्पणी गर्दै पार्टीमा प्रश्न उठाउँदा, पार्टी र संसदमा प्रश्न उठाउँदा संसद नै भंग गरेको आरोप लगाए ।

प्रधानमन्त्री ओली कहिल्यै पनि एमाले नभएको केवल मदन भण्डारी फाउण्डेशनको नेता मात्रै भएको उनले टिप्पणी गरेका थिए ।

नेकपा बर्दियाका अध्यक्ष भुवनकुमार थारुको अध्यक्षतामा जिल्लास्तरीय सम्पन्न अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, पार्टी स्थायी कमिटी सदस्य वर्षमान पुन, लुम्बिनी प्रदेश पार्टी इञ्चार्ज युवराज ज्ञवाली, पार्टी लुम्बिनी प्रदेशका पार्टी अध्यक्ष ओनसरी घर्तीलगायतले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ६ : ०९ बजे

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा