सेयर बजारमा ऐतिहासिक रेकर्ड, परिसूचक २८.४६ अंकले वृद्धि | Khabarhub Khabarhub

सेयर बजारमा ऐतिहासिक रेकर्ड, परिसूचक २८.४६ अंकले वृद्धि


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

परिसूचक नेप्से १ प्रतिशतभन्दा माथिले वृद्धि हुँदा २३ सय अंकको विन्दु पार गरेर बन्द भएको हो । बिहीबार प्रि-ओपन सेसनमा १२.७९ अंकले वृद्धि भएर २२९९.३४ अंकमा खुलेको नेप्से २८.४६ अंकले वृद्धि भएर २३१५ अंकमा बन्द भएको छ । जुन नेप्सेको अहिलेसम्मकै उच्च क्लोजिङ विन्दु हो ।

पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको नेप्से २३ सय बिन्दु पार गर्दै नयाँ किर्तिमान कायम गरेको हो।

आइतबार २०८ कम्पनीको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर सयेर खरिदबीक्रि हुँदा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार भन्दा धेरै कारोबार भएको छ।

आइतबार कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको ५८ करोड १० लाख १२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया बैंक र सिभिल बैंक रहेको छ ।

पुस २२ यताको हरेक कारोबार दिन नेप्सेले नयाँ रेकर्ड कायम गर्दै अगाडि बढेको छ ।

 

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ४ : ४२ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि