चीनबाट थप कोरोनाविरुद्धको खोप शुक्रबार नेपाल आइपुग्ने | Khabarhub Khabarhub

चीनबाट थप कोरोनाविरुद्धको खोप शुक्रबार नेपाल आइपुग्ने


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि नेपाल आइपुग्ने भएको छ ।

उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान राति ११ बजे उडेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार  चीनसँग खरिद गरिएको उक्त खोप शुक्रबार दिउसो २ बजे नेपाल आइपुग्नेछ ।

सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल ल्याइसकेको छ ।  नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ ।

सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ११ : ०५ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर