‘मिष्टर इण्डिया’ मनोजद्वारा आत्महत्या प्रयास | Khabarhub Khabarhub

‘मिष्टर इण्डिया’ मनोजद्वारा आत्महत्या प्रयास


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– ‘मिष्टर इण्डिया’ विजेता मनोज पाटिलले आत्महत्या प्रयास गरेका छन् । बडी बिल्डरसमेत रहेका उनले मुम्बईमा आत्महत्याको प्रयास गरेका हुन् ।

उनले आत्महत्या प्रयास गर्नुअघि एक सुसाइड नोट लेखेका थिए । उनले आफ्नो आत्महत्याको पछाडि अभिनेता साहिल खान जिम्मेवार रहेको उल्लेख गरेका छन् । उनले साहिललाई एकपछि अर्को गम्भीर आरोप लगाएका छन् । उनले साहिलले आफूलाई साइबर बुलिङ र मानसिक रुपले तनाव दिएको दाबी गरेका छन् ।

आत्महत्याको प्रयास भइरहँदा परिवारले भेटेपछि उनलाई मुम्बईको कूपर अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर छ । मनोजले बुधबार राती आफ्नो जीवनको अन्त्यको प्रयास गरेका थिए । जसका लागि उनले औषधि खाएका थिए ।

‘म मिस्टर ओलम्पियामा सहभागिताको लागि प्रयासमा छु । तर साहिल खानले मलाई पटक पटक प्रताडित गरिरहेको थियो । उनले मलाई यो प्रतियोगितामा सहभागिता नजनाउन दबाब दिइरहेका थिए । उनी बिना कारण नै मलाई सामाजिक सञ्जालमा बदनाम गराइरहेका थिए’, उनले सुसाइड नोटमा लेखेका छन् ।

यो घटनाबाट मनोजको परिवार र उनका साथीहरु दुःखी बनेका छन् । उनीहरुले मुम्बईको ओशिवारा थानामा उजुरी दर्ता गराएका छन् ।

मनोजको परिवार चाँडै नै यो घटनालाई लिएर मनसे अध्यक्ष राज ठाकरेसँग भेट्ने तयारीमा छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १२ : १४ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास