अफगानिस्तानमा रहेका नेपालीको उद्धारको तयारी | Khabarhub Khabarhub

अफगानिस्तानमा रहेका नेपालीको उद्धारको तयारी

दिल्लीस्थित नेपाली दूतावासले भन्यो- घर फर्कने तयारी थाल्नू



दोहा- तालिबानले अफगानिस्तानको राज्य सत्ता कब्जा गरेसँगै त्यहाँ कार्यरत नेपालीलाई स्वदेश फर्काउने तयारी भएको छ ।

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्न समिति गठन गरेकै दिन दिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै घर फर्किने तयारी गर्न नेपालीहरुलाई आग्रह गरेको छ ।

नेपाल फर्कनको लागि सम्बन्धित रोजगारदाता निकाय, सम्बद्ध नेपाली तथा अफगानी म्यानपावर कम्पनीहरुलाई सम्पर्क गरी कोरोना पीसीआर परीक्षणलगायत आवश्यक स्वास्थ्य परीक्षण गर्न र हवाइ टिकट बुकिङ गर्न एवम् आफ्नो विवरण कन्सुलर सेवा विभागको वेभपेजमा भर्न दूतावासले अनुरोध गरेको छ ।

दूतावासले अफगानिस्तानस्थित सम्बद्ध रोजगारदाता संयुक्त राष्ट्रसंघ तथा अन्य कुटनीतिक नियोगहरुलाई आफ्नो नियोगमा कार्यरत रहेका नेपालीहरुलाई सुरक्षित घर फर्काउन सहजीकरण गरिदिनका लागि औपचारिक रुपमा अनुरोध गरिएको जनाएको छ ।

साथै, नेपाल फर्कने शिलशिलामा कुनै सल्लाह, सुझाव,समन्वय एवं सहयोग आवश्यक परेमा नयाँ दिल्लीमा रहेको नेपाली दूतावासको +९१ ८९२९६०१९२५ नम्बर तथा दूतावासले उपलब्ध गराएको इमेल ठेगानामा सम्पर्क गर्न अनुरोध गरिएको जनाएको छ  ।

अफगानिस्तानमा करिव १५ सय नेपाली रहेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यहाँ नेपालीहरु संयुक्त राष्ट्रसंघीय नियोग र विभिन्न मुलुकका दूतावासको सुरक्षाको भित्री घेरामा नेपाली खटिएका छन् । तलिबानले अधिकांश राज्यमा आफ्नो नियन्त्रण लिएपछि त्यहाँका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् ।

राष्ट्रपति घानीले देश छाडेपछि तालिबानी विद्रोहीले राष्ट्रपति कार्यालय कब्जा गरिसकेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ८ : ११ बजे

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्