अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागि समिति गठन | Khabarhub Khabarhub

अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागि समिति गठन


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्न समिति गठन गरेको छ ।

अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले बताए । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सो कुरा बताएका हुन् ।

समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति गठन भएको र समितिले आइतबारदेखि नै काम अघि बढाएको उनले बताए ।

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेवसाइटमा अनलाइन रजिस्ट्रेशनको व्यवस्था समेत गरिएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उद्धारसँग सम्बन्धित सम्पर्कका लागि लागि भाइबर ह्वाट्स एप सुविधासिहतकाे मोबाइल नम्बरको समेत व्यवस्था गरिएको र सो मार्फत आफ्नो अवस्थाका बारेमा जानकारी गराउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले अफगानिस्तानमा विकसित पछिल्लो घटनाकक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ‘ट्राभल एडभाइजरी’ समेत जारी गरिएको जनाएको छ ।

अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुले त्यहा कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दै सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

यस्तो छ परराष्ट्रको विज्ञप्ति –

आजै संसदीय समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल हवाई माध्यमबाट उद्धार गर्न सरकारलाई निर्देशन दिएको थियो ।

तालिवानले राजधानी काबूल समेत नियन्त्रणमा लिने स्थिति देखिएको हुँदा त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि तत्काल उद्धार गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति पवित्रा निरौलाले अफगानस्तानको अवस्था बिँग्रदै गएका बेला त्यहाँ रहेका नेपालीहरुको सुरक्षा गर्नुपर्ने सरकारको प्रमुख दायित्व भएको बताइन् ।

उलने भनिन्, ‘तालिवानले राजधानी काबूल समेतलाई नियन्त्रणमा लिने स्थिति देखिएकाले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुलाई सुरक्षित रुपमा हवाई उद्धार गर्नको लागि तत्काल सबै कुटनीतिक लगायतका उपाय अबलम्बन गर्न निर्देशन दिएका छौँ ।’

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : ४७ बजे

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका