ह्वात्तै बढ्यो मृतकको संख्या, एकै दिन ४३ जना कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

ह्वात्तै बढ्यो मृतकको संख्या, एकै दिन ४३ जना कोरोना संक्रमितको मृत्यु


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा फेरि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संख्या हिजो बिहीबारभन्दा १० ले बढी हो । बिहीबार ३३ जनाको मृत्यु भएको थियो । त्यस्तै गत आइतबार भन्दा यो संख्या दोब्बरभन्दा बढी हो । आइतबार २० जना संक्रमितको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ४३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ५०६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको अनुसार गत आइतबार यताको तथ्यांक हेर्दा आइतबार २०, सोमबार १८, मंगलबार १२, बुधबार १८ र विहीबार ३३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : १२ बजे

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी