सेल्फी खिच्दा मोडल सोफियाको निधन | Khabarhub Khabarhub

सेल्फी खिच्दा मोडल सोफियाको निधन


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ(दैनिक जागरण)– सेल्फीको लत कति खतरनाक हुन्छ भन्ने कुराको अन्दाज लगाउन सकिँदैन । हङकङकी एक प्रख्यात मोडल सोफिया चेउङ यस्तै सेल्फी लतको शिकार बनेकी छन् ।

यी ३२ वर्षीया सामाजिक सञ्जाल अभियन्ताले आफ्नो फ्यानलाई प्रभावित गर्नका लागि अग्लो स्थानमा गएर सेल्फी लिँदा लडेर ज्यान गुमाएकी छन् ।

सोफिया गत साताको शनिबार आफ्नो साथीहरुसँग हङकङको हा पाक लई नेचर पार्क घुम्न गएकी थिइन । यही समयमा उनीमाथि यो घटना भएको हो । उनी पाइनएप्पल माउण्टेनमा चढेर सेल्फी लिन खोज्दा लडेकी थिइन् । लडेर गम्भीर घाइते भएकी सोफियालाई नजिकको अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सोफियाको सामाजिक सञ्जालमा फ्यान फलोइङ उत्साहप्रद छ । उनको पोस्टमा लाइक र कमेन्ट अत्याधिक आउछन् । इन्स्टाग्राममा उनको २४ हजार बढी फलोअर्स छन् ।

सामाजिक सञ्जालमा सोफियाको पहिचान एक साहसी महिलाको रुपमा थियो । साहसी यात्रा गर्न रुचाउने उनी यात्राका तस्वीरलाई इन्स्टाग्राममा शेयर गर्थिन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : २५ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार