साईली सोरेनले ६५ वर्षको उमेरमा ग्याँस चुलो पाउँदा... | Khabarhub Khabarhub

साईली सोरेनले ६५ वर्षको उमेरमा ग्याँस चुलो पाउँदा…


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दक्षिण सिमावर्ती गौरीगञ्ज–१ का सिमान्तकृत सन्थाल समुदायले निःशुल्क ग्यास र चुलो पाएका छन् । गोबरका गुईठा र दाउराको भरमा खाना बनाउँदै आएका उनीहरुले ग्यास चुलो पाउनु नौलो र अनौठो महसुस गरेका छन् ।

वडा नं. १ चौरी वस्तिकी ६५ वर्षीया साईली सोरेनले यो उमेरसम्म न ग्यास चुलो चलाएकी थिइन, न त्यस्तो चुलोमा पकाएको खानानै खाएकी थिइन् । उनले भनिन्–‘ग्यास चुलो त पाईयो तर कसरी चलाउने हो जानेकै छैन ।’

निःशुल्क पाएको चुलो लान पनि उनी हिच्किचाईन् । भनिन्–‘यो चलाउन सिकाई दिने भए लान्छु, नत्र लगेर मात्रै के काम ?’ त्यस पछि सोही ठाउँका युवा सोम सोरेनले ग्यास र चुलो चलाउन सिकाई दिए अनि नजाने घरैमा आएर पनि सिकाई दिने भने पछि मात्र उनी ढुक्क भईन् ।

समस्या साईली सोरेनको मात्रै होईन । सो बस्तीका सन्थाल परिवारमा ग्यास चुलो नपाउनु एउटा चिन्ता थियो, पाए पछि कसरी चलाउने भन्ने अर्को आपत ।

गौरीगंज गाउँपालिका वार्ड नं. १ ले ५ सन्थाल परिवारसहित ६५ गरिब तथा विपन्न परिवारलाई चुलोसहितको ग्यास सिलिण्डर वितरण गरेको हो । वार्ड नं. १ को सिलिङ्ग बजेटबाट ४ लाख रुपैयाँमा ग्यास चुलो वितरण गरेको वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।

छोरी–बुहारीलाई साईकल

गौरीगञ्ज गाउँपालिकाले यस अघि उच्च शिक्षा अध्ययनमा सघाउ पुर्‍याउने भन्दै छोरी–बुहारीहरुलाई साईकल वितरण गरेको थियो ।

सोही वडाका कक्षा ११ र १२ मा पढ्ने ४६ जना छोरी–बुहारीलाई साईकल प्रदान गरिएको हो ।

घरधन्दा भ्याएर उच्च शिक्षाका लागि जान समस्या हुने भएको र कतिले बीचैमा पढाई समेत छोड्ने गरेकाले त्यस्तो अवस्था आउन नदिन साईकल प्रदान गरिएको वडाध्यक्ष राजवंशीले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  २ : ४१ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने