एमाले स्थायी कमिटी बैठक शुरु | Khabarhub Khabarhub

एमाले स्थायी कमिटी बैठक शुरु

पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउने अध्यक्ष ओलीको भनाइ


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ ।

बैठक तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर एमाले बैठक बसेको हो ।

बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने बताएका छन् ।

बैठकमा एमाले अध्यक्ष ओलीले अब आफ्नो पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउने बताएका छन् ।

उनले मुलुकको राजनीतिलाई गति दिन रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका बताए । उनले भने, ‘हामी हाम्रा विचारहरू हाम्रा आदर्श, हाम्रा उद्देश्य,हाम्रा नीति कार्यक्रम लिएर जनताका बीचमा जाँदैछौ र यसरी जाँदा जनताको समर्थन व्यापक प्राप्त गर्नेछौ ।’

ओलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने बताएका छन् ।

बैठकमा दश बुँदे सम्झौता,अदालतको फैसला र आगामी संघर्ष तथा को विषसंगठनयमा छलफल हुने एजेण्डा रहेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : ३२ बजे

नेपाल टेलिकमकाे आइसीटी डे अफर, ४९ रुपैयाँमै दिनभरि डाटा चलाउन सकिने

काठमाडौं– नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ ।

चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी

बेइजिङ– चीनको मौसम विभागले मंगलबार देशका केही भागमा आँधीबेहरी, असिना

एमालेको विजय जुलुसका सहभागी सवार पिकअप दुर्घटना, १५ जना घाइते

इलाम– इलाम बजारमा मंगलबार आयोजित नेकपा एमालेको विजय जुलुस र

मतदाताको शिर झुक्न दिने छैन : सुहाङ नेम्बाङ

फिक्कल– इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ

पहिचानवादीलाई सुहाङले भने : नेपाल इन्द्रेणीको रङ जस्तै हो, सबै जातिको हित हेर्नुपर्छ

काठमाडौं – नेकपा एमाले इलाम क्षेत्र नं २ का नवनिर्वाचित