घरबाटै कर तिर्ने प्रणालीबाट राजस्व प्रशासन स्मार्ट बनाउँदै महानगर | Khabarhub Khabarhub

घरबाटै कर तिर्ने प्रणालीबाट राजस्व प्रशासन स्मार्ट बनाउँदै महानगर


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरका करदाताले सबै प्रकारका कर र सेवा शुल्क घरमै बसेर तिर्न सक्ने भएका छन् ।

यसका लागि पहिलो एक पटक सफ्टवेयरमा विवरण भरेर दर्ता हुनुपर्छ ।

त्यसपछि कनेक्ट आइपीएस, इसेवा, खल्ती पे र फोनजस्ता डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोवाइलबाटै कर र सेवा शुल्क भुक्तानी गर्न सकिनेछ ।
सम्पत्ति कर, बहाल कर र व्यवसाय कर महानगरका मुख्य कर शीर्षक हुन् ।

यसबाहेक सेवा शुल्क र दस्तुर अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ । यो प्रणाली सुरु गर्न एक पटक वडामा जानु पर्छ । त्यसपछि घरमै बसेर सेवा लिन सकिनेछ ।

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्छन्, ‘करदाता आफैंले पनि अनलाइनमा गएर विवरण दर्ता गर्न सक्नुहुन्छ । उहाँले भरेका विवरणहरुमा फोन नं., इमेल लगायतका विवरण छुट्ने गरेका छन् । कोही पनि करदातालाई वडामा पुग्न आधा घण्टाभन्दा बढी समय नलाग्ने भएकोले पहिलो पटकको विवरणका लागि वडामा बोलाएका हौँ ।’

प्रबिधिमा आधारित यो सेवा ०७७ असोज १ गतेदेखि नमूनाका रुपमा वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ गरी १० वटा वडाबाट नमूनाका रुपमा सञ्चालनमा ल्याएको थियो ।

सफ्टवेयरको प्रयोगबाट उत्साहित हुँदै असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ वडा गरी थप १० वटा वडामा सेवा जोडियो । यस अवधिमा प्रणालीमा जोडिएका करदाताले १ करोड ६० लाख रुपैयाँ राजस्व तिरिसकेका थिए ।

चरणवद्ध रुपमा सञ्चालन थालिएको राजस्व निर्धारण तथा संकलन प्रणाली असोज १३ गतेदेखि सबै वडाबाट सञ्चालन गरिएको थियो ।

सहभागितामुलक र पारदर्शी राजस्व प्रणाली विकास गर्दै जान सुरु गरिएको प्रणालीले स्मार्ट नगरको एउटा सूचक पूरा गरेको छ । राजस्व विभागका प्रमुख डा. अधिकारी भन्छन्, ‘महानगर करदाताप्रति उत्तरदायी छ भन्ने कुरा अनुभुति गराउने प्रयास गरेका छौँ । यसको प्रयोगबाट सुशासनमा टेवा पुग्नेछ । करदाताको डाटाबेस तयार हुनेछ । त्यस्तै आउँदा बर्षहरुका लागि राजस्व अनुमानलाई वास्तविक बनाउँछ ।’

करदाताको विवरण सफ्टवेयरमा दर्ता गरिसकेपछि आन्तरिक संकेत र करदाता कोड प्राप्त हुन्छ । यही कोडका आधारमा पछिल्लो पटक मोवाइलबाटै कर तथा दस्तुर तिर्न मिल्छ ।

यस प्रणालीमा २ वटा पोर्टल छन् । एउटा पब्लिक र अर्को कोर । पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो ।

पब्लिक पोर्टलमा करदाताले आफू सम्बन्धित घर, जग्गा, सम्पत्ति, व्यवसाय, बहाल, सवारी साधन जस्ता व्यक्तिगत विवरण हुन्छन् । यस पोर्टलबाट महानगरले उठाउने मनोरञ्जन, घर नक्सा पास दस्तुरलगायत सम्पूर्ण कर र दस्तुरको दर थाहा पाउन सकिन्छ ।

पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्नका लागि हुन् । यसमा करदाताले महानगरलाई बुझाउनु पर्ने करको प्रारम्भिक मुल्याङ्क करदाता आफैंले घरमै बसेर गर्न सक्ने सुबिधा छ । करदातासँग सम्बन्धित र सोधिएका/माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नु पर्ने हो ? करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धी हो ।

करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा स्वचालित प्रणालीबाट तयार भएको कर विवरणलाई रुजु र स्वीकृत गर्नेछन् ।

त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ईसेवा, कनेक्टआईपीएस, खल्ती, फोनपे) बाट भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकम सम्बन्धि सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ११ : ५० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर